मौसम बिग्रिँदा उडान प्रभावित, जहाज आकाशमै घुम्न बाध्य


काठमाडौं । खराब मौसमका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा ठूलो असर परेको छ । कम भिजिबिलिटी र तीव्र गतिमा बहने हावाले विमानहरूलाई सुरक्षित रूपमा अवतरण गर्न कठिन बनाएको विमानस्थल प्रशासनले जनाएको छ ।
