विद्यार्थीलाई एआई र रोबोटिक्स प्रयोगमा प्रेरित गर्न कोडेभर ६.० प्रतियोगिता


काठमाडौं । विद्यार्थीलाई एआई कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोगका लागि प्रेरित गर्न काठमाडौंमा राष्ट्रियस्तरको कोडेभर ६.० प्रतियोगिता भएको छ । निमा एकेडेमीको सहकार्यमा स्किल्सअप ग्लोबलले बसुन्धारास्थित वेभ हस्पिटालिटीमा आयोजना गरेको प्रतियोगितामार्फत नेपाली विद्यार्थीलाई आविष्कारको सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको छ ।
