Shivam

‘संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक’

0
Burger

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी हुन् । उनले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरूमा सहयोग गर्न समेत उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्

उनले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाइन् । उनले जनता र नयाँ पुस्ताका समस्यामा बहस गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणीकरण गर्न समेत आग्रह गरिन् । उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताइन् ।

उनले भनिन् ‘सदनमा निराशा पोखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरूमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरूप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हाराहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरू परिवर्तन भएका छन् । तर यो उत्पादकत्व दक्षिण एसियाली मुलुकहरूमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’

उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सिपमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।