नयाँ बजेटको गृहकार्य तिब्र : मन्त्रालयगत छलफल अन्तिम चरणमा


काठमाडौं । सरकारले नयाँ बजेटका लागि गृहकार्य तिब्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले गृहकार्यलाई तिब्र पारेको हो ।
