Shivam

जरिवाना पत्र बुझाउन पुगेको नगर प्रहरीको टोलीलाई छिर्न दिइएन निर्मल निवास,पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने

0
Burger

काठमाडौं । महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको राजावादी विरोध प्रदर्शन र तोडफोडको प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख रुपैयाँ जरिवाना तोक्यो । आइतबार महानगरको टोली जरिवानासम्बन्धी पत्र बुझाउन निर्मल निवास पुग्यो । तर पूर्वराजा शाहले पत्र बुझ्न मानेनन् ।

महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो । जरिवाना तोकेको उक्त पत्र निर्मल निवासमा बुझाउन गएको नगर प्रहरीलाई गेटबाटै फिर्ता पठाइदिएपछि अब हुलाकबाट पत्र पठाउने तयारीमा महानगर छ ।

मेयर बालेन्द्र शाह बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहकाअनुसार महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरिएको छ । ‘उहाँले पत्र लिन नमानेपछि हामी फर्किएका हौं,’ प्रमुख स्वकीय सचि शाहले भने, ‘ ‘अब हुलाकबाट पठाउने तयारी गरिरहेका छौँ ।’

पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले अर्को प्रक्रिया अपनाएर पत्र बुझाउने भएको छ ।

आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए ।

‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ । चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।