Shivam

इस्लाम धर्मावलम्बीमा ‘ईद-उल-फित्र’को उल्लास

0
Burger

काठमाडौं । इस्लाम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँदैछन् । इद उल फित्र इस्लाम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो ।

यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख(सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ ।

काठमाडौंको तीनधारा पाठशालास्थित पञ्च काश्मिरी तकिया मस्जिदमा ईद मनाउनेको भीड लागेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।