समुदाय संग जोडिदै त्रिभुवन युनाइटेड , चौपारी निर्माण गरी समुदायलाई हस्तान्त्रण

बुटवल । उत्कृष्ट शैक्षिक संस्थाहरुको परिचय बनाएको बुटवलको त्रिभुवन युनाइटेड एकेडेमी स्थानीय समुदाय संग जोडिदै गएको छ । उच्च प्रविधि सहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको यस एकेडेमीले सामाजिक कार्यमा समेत अग्रस्थानमा छ ।
बुटवल उपमहानगरपालिका वार्ड नं.७ , दिपनगरमा प्ले ग्रुपदेखी माध्यमिक तह सम्मको अध्यापन गराउँदै आएको एकेडेमीले दिपनगरमा पिपलको बोट सहितको चौपारी निर्माण गरी विहिवार समुदायलाई हस्तान्त्रण गरेको हो ।
त्रिभुवन युनाइटेड एकेडेमीको त्रिरत्न बाल क्लब , जुनियर रेडक्रस सर्कल बुटवल ७को अग्रसरतामा पिपल चौतारी तथा जेष्ठ नागरिक विश्राम स्थल निर्माण गरिएको विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिनुभयो ।
स्थानिय समुदायको उपस्थीती रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले पिपल चौपारी तथा विश्राम स्थालको उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षकहरु सबैबाट बाल क्लबको नाममा जम्मा भएको रकमबाट समाजिक कार्यक्रममा लगानी हुनु निकै सकारात्मक भएको बताउनु भयो । उपप्रमुख अर्यालले त्रिभुवन युनाइटेड एकेडेमी शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक कार्यमा समेत उत्कृष्ट देखिएको बताउनु भयो ।
चौतारी समुद्घाटन तथा समुदायलाई हस्तान्त्रण कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नं.७का कार्यवाहक वडा अध्यक्ष विर वहादुर लामा , एकेडेमीका अध्यक्ष उमाकान्त बस्याल,स्थानिय अगुवा समाजसेवी थानेश्वर बस्याल, कृष्ण ज्ञवाली , शंकर थापा , शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचन लगाएतले बोल्दै विद्यालयलाई सधै समुदाय संग जोडिएर थप रचनात्मक कार्य गर्न र यस्ता कार्यक्रमको निरन्तरता दिन आग्रह गरेका छन् ।
स्थानिय जनप्रतिनिधी, टोल विकास संस्था, आमा समूह , विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एकेडेमीकी शिक्षीका बसुन्धरा भुषालले गर्नुभएको थियो भने बाल क्लबकी स्मृति सेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। झण्डै दुई लाख रुपैयाँ लागतमा पिपल चौपारी तथा विश्राम स्थल निर्माण गरिएको त्रिभुवन युनाइटेड एकेडेमीले जनाएको छ ।