जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउदा पुराना दल डराए, पार्टी एकता विथोल्न हस्तक्षप गरियो : डा. सिके राउत


भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले जनमत पार्टी राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएकाले पुराना दलहरु डराएको बताएका छन् । आइतवार भैरहवा आइपुगेका अध्यक्ष डा.राउतले नयाँ पार्टीको रुपमा रहेको जनमत पार्टी राष्ट्रिय शक्तीको रुपमा उदाउँदै जाँदा पुराना दलहरुमा डर देखिएको बताएका हुन् ।
जनमत पार्टी रुपन्दहीले आयोजना गरेको अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष राउतले जनमत पार्टी प्रति जनताको आशा र भरोसा बढ्दै गएको बताए । उनले जनताको आकर्षण जनमत पार्टीमा बढ्दै गएको र विचार मिल्ने अन्य पार्टीहरु संगको एकताले जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएको बताए ।
जनमतको बढ्दो लोकप्रियता र उदाउदै गरेको शक्ती देखेर पुराना दल र पुराना नेताहरु डराएको बताए ।
मधेशी र थारु मिल्नेछन् भन्ने डरका कारण जनमत र नागरिक उन्मुक्ति विचको एकता विथोल्न हस्तक्षप गरिएको बताए । “लोकतान्त्रिक मुलुकमा एकता विथोल्न खुलेयाम हस्तक्षेप भयो , एकता गर्ने अन्तिम समयमा आएर नेतालाई गिरफ्तारी गरियो ।” उनले भने , “यस्तो निलज्जता प्रर्दशन कही पनि हुन सक्दैन ।यस्तो हुनुको कारण हामी संग उनीहरु डराएका छन् ।” मधेशी र थारु मिल्दा पुराना दल र नेताहरुको अस्तित्व संकटमा पर्ने डरले हामी संग डराएको डा. राउतले बताए ।
यस्तै ,कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जनमत सबै पार्टीको विकल्पको रुपमा उदाउदै गएको बताए । उनले जनमत पार्टी संगठनकै कारण राष्ट्रिय शक्तीको रुपमा उदाउदै गएको बताउँदै सबै नेता कार्यकर्तालाई संगठन निर्माणमा जोड दिन आग्रह गरे । राष्ट्रिय सचिव यादवले जनमतको संगठन मजबुत भएकोले अन्य पार्टीहरु पनि एकता र सहकार्य गर्न तयार भएको बताउँदै संगठन मजबुत भए एक्लै पनि राष्ट्रिय शक्ती बन्नलाई कसैले रोक्न नसक्ने दावि गरे ।
पार्टीका राष्ट्रिय सचिव बालगोविन्द चौधरीले पार्टीले जनताको पक्षमा वकालत गरेको बताउँदै विचार मिल्ने पार्टीसंग एकता गर्नुपर्ने बताए । उनले नागरिक उन्मुक्ति र जनमत बिचको एकता रोक्न खोजिएको भएपनि संभव नभएको भन्दै एकता भएरै छाड्ने बताए ।
जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रामकेश गुप्ताको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यकारिणी सदस्य निर्मला हरिजन, केन्द्रीय सदस्य बिनोद पासवान, सञ्जय कुमार मिश्र ,सारदा चौधरी,रामु यादव ,अर्जुन जैसवाल, किरण गुप्ता, लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पुर्व मन्त्री चन्द्रकेश(सिके) गुप्ताले बोल्दै डा. सिके राउतको नेतृत्वले पार्टी लाई बलियो बनाउँदै लगेको बताउँदै पार्टीको नीति बिचार मिल्ने सबै संग एकता र सहकार्य गर्न सुझाव दिएका थिए । सबै संगठित भएर पार्टी निर्माणमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य चन्द्रशेखर सोनारको सञ्चालनमा सम्पन्न भएको हो ।






