Shivam

संगठन विस्तारलाई तिव्रता दिने जनमत पार्टी लुम्बिनी प्रदेशको निर्णय

0
Burger

भैरहवा ।  जनमत पार्टी लुम्बिनी प्रदेशले संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । प्रत्येक जिल्ला , निर्वाचन क्षेत्र , स्थानिय पालिका देखी वडा सम्मै पार्टी विस्तारलाई सकृयताका साथ अगाडी बढाउने निर्णय गरिएको छ ।आइतवार भैरहवामा बसेको लुम्बिनी प्रदेश समितिको बैठकले पार्टी प्रवेश कार्यक्रमलाई समेत अभियानकै रुपमा अगाडी बढाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश समितिका अध्यक्ष राजेन्द्र गुप्ताको अध्यक्षतामा बसेको बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै ,राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव र बालगोविन्द चौधरीको उपस्थिती रहेको बैठकले जनमतको संगठन सुधार तथा विस्तारलाई महत्वका साथ अगाडी बढाउने निर्णय गरेको हो ।

यस्तै , प्रदेश अध्यक्ष गुप्ताका अनुसार लुम्बिनी प्रदेश समितिको बैठकले विभिन्न दश वटा निर्णय गरेको छ । पार्टीको रणनितिक विषय संगै समाज सुधारका आधारभूत विषयहरुलाई अभियानकै रुपमा आगाडी बढाउने निर्णय गरिएको गुप्ताले बताउनु भयो ।

यस्तै , भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित सञ्चालनका लागि जनमत पार्टी लुम्बिनी प्रदेशले चासो राखेको छ । विमानस्थल नियिमित सञ्चालनका गर्न माग गर्ने निर्णय गरेको छ । संद्यियतालाई संस्थागत गर्ने र प्रदेश सरकारलाई मजबुत बनाउन जिल्ला संरचना खारेज गर्नुपर्ने, संघ सरकार मातहतको सिडियो एसपी हटाउनु पर्ने, प्रहरी प्रदेश सरकार मातहत राख्नुपर्ने , प्रदेश सचिवहरुलाई संघबाट पठाउने व्यवस्था खारेज गर्नुपर्ने सहितका माग जोडदार तरिकाले उठाउने निर्णय गरेको जनमत पार्टी लुम्बिनी प्रदेश प्रवक्ता सुमनशर्मा रायमाँझीले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशलाई नसामुक्त बनाउन पहल गर्ने , लुम्बिनी प्रदेश सरकारको बजेटलाई समानुपातिक हिसावले वितरणका गर्न माग गर्ने , कम पढेलेखेका तथा डिग्री नभएका लक्षित महिलाहरुलाई लक्षित गरी विभिन्न रोजगारका कार्यक्रमहरु ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता रायमाँझीले बताउनु भयो ।

जनमत पार्टी लुम्बिनी प्रदेश समितिले प्रत्येक महिना नियमित रुपमा बैठक बस्ने र जनताका समस्याहरुका बारेमा छलफल गर्ने ,आवश्यक परे सम्बन्धित निकायमा आवाज उठाउने तथा समस्याको समाधानका लागि सकृयताका साथ लाग्ने प्रदेश समितिले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।