Shivam

लुम्बिनीमा तीन दिने कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदै

0
Burger

रुपन्देही । दुई हजार पाँच सय ६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ ।लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुनेछ ।

गौतम बुद्धको जन्म दुई हजार छ सय ४९ वर्ष अघि अर्थात् ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उहटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सय ६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।

वैशाष २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषाध्यक्ष भट्टराईले बताउनुभयो । बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।