Shivam

राप्रपाबाट गुप्तासहित तीनजनाको बहिर्गमन, ‘सम्मान नभएको ठाउँमा बस्नुको अर्थ छैन’

0
Burger

भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा नेतृत्वको असन्तोषका कारण जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राप्रपाको सदस्यता परित्याग गरेको घोषणा गरे।

पार्टी त्याग गर्नेमा राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष डा. अमित चर्तुवेदी र महिला संगठनकी सल्लाहकार तथा २०७९ को स्थानीय चुनावमा उपप्रमुख पदकी उम्मेदवार रहेकी विनिता गुप्ता पनि छन्।

पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले पार्टीभित्र यथास्थितिवाद हावी रहेको, युवालाई स्थान नदिइएको र नेतृत्वले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए। “आठ वर्षसम्म राप्रपामा रहेर काम गरेँ,” उनले भने, “तर अब त्यस्तो ठाउँमा बस्न सकिँदैन, जहाँ सम्मान छैन। अब स्वतन्त्र रूपमा जनताको सेवा गर्नेछु।” उनले तत्काल कुनै पार्टीमा जाने योजना नभएको पनि स्पष्ट पारे।

सामाजिक क्षेत्रमा समेत सक्रिय गुप्ता लुम्बिनी इँटा उद्योग व्यवसायी संघ, नेपाल–भारत अवध मैत्री समाज, दुर्गा सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन्।

पार्टी त्याग गर्ने तीनै जना नेताहरूले राप्रपाको पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अब स्वतन्त्र रूपमा सामाजिक र जनसेवामूलक काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।