Shivam

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर सिफारिस समिति सदस्य नियुक्तिको सम्भावना

0
Burger

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज राति ८ बजेका लागि बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आह्वान गरेका छन्।

सार्वजनिक बिदाका कारण सोमबार नियमित बैठक बस्न नसकेकोले आजको मितिमा बैठक बोलाइएको हो। स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्तिको सम्भावना रहेको छ।

यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएका थिए, जसका कारण उक्त पद रिक्त भएको हो। राजीनामापछि पौडेलकै नाम भावी गभर्नरका रूपमा चर्चामा आएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।