Shivam

महिला टी–२० विश्वकप एसिया छनोट: दोस्रो जितको खोजीमा नेपाल आज बहराइनसँग भिड्दै

0
Burger

काठमाडौं –आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँगको खेलमार्फत दोस्रो जितको खोजी गर्दै मैदानमा उत्रँदैछ। थाइल्यान्डमा बिहीबार दिउँसो १२:३० बजे सुरु हुने खेल नेपालका लागि लिग चरणको समीकरण जोगाउने निर्णायक अवसर बन्नेछ।

समूह चरणको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपाल दोस्रो खेलमा हङकङसँग ७ विकेटले पराजित भएको थियो। यद्यपि तेस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको सशक्त जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्‍यो। त्यसै आत्मविश्वासलाई लिएर नेपाली टोली पुनः बहराइनविरुद्ध मैदानमा उत्रिन लागेको हो।

प्रशिक्षक रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीले पछिल्ला खेलहरूमा देखिएको कमजोरी सुधार गर्दै बलिङ र फिल्डिङमा सुदृढ प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

नेपालसहित प्रतियोगितामा बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) गरी ९ टिम सहभागी छन्। लिग चरणमा शीर्ष स्थान हासिल गर्ने टोलीले टी–२० विश्वकपको अर्को चरणमा स्थान बनाउनेछ।

बहराइन अघिल्लो हारको बदला लिने योजनासहित मैदानमा उत्रन खोज्दैछ भने नेपालका लागि आजको खेल अनिवार्य जित्नुपर्ने चुनौती हो। पहिलो पटक महिला टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालका लागि यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन अत्यावश्यक छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।