Shivam

राकम पुल हुँदै प्रचण्डको नेतृत्वमा माओवादी टोली कर्णाली प्रवेश, भव्य स्वागत

0
Burger

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ आइतबार कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशको चरण सम्पन्न गर्दै माओवादी नेतृत्वको टोली कर्णाली प्रदेशको राकम पुल हुँदै प्रवेश गरेको हो ।

अभियानसँगै आएका माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार, सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका उनले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर खामको नेतृत्वमा रहेको टोलीलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रवेशको अवसरमा स्थानीय माओवादी कार्यकर्ताहरूले राकममा अध्यक्ष प्रचण्डसहितको टोलीलाई भव्य स्वागत गरेका छन् । ढोल, झाँकी र जनसांस्कृतिक प्रस्तुतिसहितको स्वागत कार्यक्रममा माओवादी नेता, कार्यकर्ता, सर्वसाधारण र स्थानीय सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

स्वागतपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशको अभियान सफलतापूर्वक सम्पन्न गर्नमा त्यहाँका जनतालाई धन्यवाद दिएका छन् । उनले अभियानले पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै कर्णालीमा पनि अभियानलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रचण्डले अघि सारेको अभियान ‘मध्यपहाडी लोकमार्ग’ वरपर रहेका बस्ती, जनजीवन र सम्भावनाको पहिचान तथा विकासको मागसहित जनजागरण विस्तार गर्ने उद्देश्यमा केन्द्रित छ ।

हाल यो अभियान नेपालको भूगोल र राजनीतिमा ऐतिहासिक चेतना फैलाउने प्रयोजनसहित विभिन्न प्रदेश हुँदै अघि बढिरहेको छ । अभियान अन्तर्गत विभिन्न जिल्लामा सभा, अन्तरक्रिया, भेटघाट तथा स्थानीय समस्या पहिचानमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।