Shivam

देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना

0
Burger

 काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आंशिकदेखि सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने केही उच्च स्थानमा हिमपातको सम्भावना छ ।

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, बागमती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ ।

आज राति पनि यस्तै मौसमको अवस्था रहनेछ । विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र यात्रा योजना बनाउँदा मौसमसम्बन्धी जानकारी नियमित रूपमा अपडेट गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।