रवि र छविको मुद्दा आज पनि हेर्दाहेर्दैमा


काठमाडौँ । तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीले सर्वोच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले दिएको आदेश बदर गर्न माग गर्दै रवि र छविका तर्फबाट दायर भएका निवेदनमाथिको सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले हेर्दाहेर्दैमा राखेको हो।
निवेदक र सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। जाहेरवालातर्फको बहस भने बाँकी छ। यसअघि मंगलबार पनि सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको थियो। तर बुधबार भने सुनुवाइ भएको थिएन।
