Shivam

तीनकुने घटनामा अभियोगित दुर्गा प्रसाईंको बयान : “आगजनी गर्न निर्देशन दिएको थिइनँ”

0
Burger

काठमाडौँ ।  तीनकुनेमा भएको आगजनी र झडपसम्बन्धी घटनामा संलग्न अभियोगमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ। यस्तै, चार जना बालबालिकाविरुद्ध भने भक्तपुरस्थित बाल अदालतमा अभियोग दर्ता प्रक्रिया अघि बढाइएको छ।

यसै प्रकरणमा पत्रकार सुरेश रजकको मृत्युसम्बन्धी घटनामा पनि प्रसाईंलाई प्रतिवादीका रूपमा राखिएको छ। बयानमा प्रसाईंले तीनकुनेमा भएको तोडफोड तथा आगजनीको लागि आफूले कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्न निर्देशन दिएको थिइनँ।” साथै, उनले पत्रकार सुरेश रजकलाई नचिनेको दाबी गरेका छन्।

प्रसाईंले प्रदर्शनका क्रममा भिडलाई आपराधिक गतिविधिमा उक्साउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ रहेको बताएका छन्। उनका अनुसार, “हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ।”

उनको भनाइ अनुसार, आफू कार्यक्रम स्थलमा रहुन्जेलसम्म कुनै अप्रिय घटना नभएको थियो। “म सुरक्षित स्थलतर्फ लागेपछि सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेरको नेतृत्वमा भिड संसद् कब्जा गर्न बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भयो र त्यसपछि भिडले तोडफोड तथा आगजनी गरेको देखिन्छ,” प्रसाईंको भनाइ छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।