Shivam

पश्चिमी र जलवाष्पयुक्त हावाको प्रभाव : देशका पहाडी क्षेत्रहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना

0
Burger

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम तथा दक्षिण–पश्चिम क्षेत्रमा, साथै भारतको केरला क्षेत्र, माल्दिभ्स र श्रीलङ्कामा मनसुन प्रवेश गरिसकेको छ भने खाडीबाट जमिनतर्फ मनसुन अगाडि बढ्ने क्रममा छ।

सोमबार दिउँसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

कोशी, मधेस, बागमती लगायत पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि छ।

महाशाखाले वर्षा र खराब मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।