Shivam

कामीरिताको ऐतिहासिक सफलता : ३१औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे

0
Burger

काठमाडौँ  । विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले पुनः इतिहास रचेका छन्। ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ३१औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई भङ्ग गरेका हुन्।

पछिल्लो पटक उनी २२ जना भारतीय सैनिकको आरोहण टोलीको मुख्य गाइडका रूपमा सगरमाथा चढ्न गएका थिए। बिहान ४ बजे शिखरमा पाइला टेक्ने कामीरिताको बुधबार बिहानसम्ममा आधार शिविर (५२०० मिटर) फर्किने र त्यसपछि हेलिकप्टरमार्फत काठमाडौं आउने कार्यक्रम रहेको छ।

पर्वतारोहण कम्पनी सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमार्फत बधाई दिँदै लेखेका छन्, “‘एभरेष्ट म्यान’ले फेरि गर्‍यो चमत्कार – ३१औँ पटक सगरमाथा आरोहण।”

२५ वर्षभन्दा लामो आरोहण यात्राः

सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले १२ वर्षको उमेरदेखि हिमालसँगको संगत थालेका थिए। उनले २०५१ सालमा पहिलोपटक सगरमाथा चढेका थिए।
गत वर्ष मात्रै उनले २९औँ र ३०औँ पटक सगरमाथा चढ्दै विश्व कीर्तिमान कायम गरेका थिए। यसपटकको आरोहणसँगै उनी विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने एकमात्र व्यक्ति बनेका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।