Shivam

सानिमा लाईफ इन्स्योरेन्स, कावासाेती शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम

0
Burger

नवलपुर, असार ७
सानिमा लाईफ इन्स्योरेन्स, कावासाेती शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम अाज कावासाेतीमा सम्पन्न भएको छ । सानिमा लाईफ इन्स्योरेन्समा अाबद्ध रहेका करिब ३० जना अभिकर्ताहरूलाई प्रशिक्षण दिईएको शाखा प्रमुख भानु भक्त पाैडेलले जानकारी दिनु भयाे ।
इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौँलागाईले अभिकर्ताहरुलाई प्रशिक्षण दिनु भएकाे हाे । उहाँले सानिमाले सञ्चालन गरेका विमाका प्रकारको विषयमा जानकारी गराउनु भएकाे हाे । सानिमाले सुरु गरेको बाल सौगात बिमा गर्दा ६५ प्रतिशत ग्यारेन्टी बाेनस पाउने विषयमा प्रमुख प्रशिक्षक समेत रहनु भएका चौँलागाईले जानकारी गराउनु भएकाे छ। उहाँले विमाको विकास, विस्तार, विमितहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी गराउनु भएकाे छ ।
बिमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्ने भन्दै नवलपुर शाखा प्रमुख पाैडेलले सानिमामा विमा गरि भविष्यलाई सुरक्षित पार्नको लागि अनुरोध गर्नु भएकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।