Shivam

कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्यूएए मान्यता प्राप्त

0
Burger

नवलपुर । नवलपरासीको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेकाे अाज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ ।

विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भै सबै चरण पार गरि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिस अनुसार क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त भएको क्याम्पस प्रमख गुरू सुवेदीले बताउनु भयाे ।

क्याम्पसलाई यहि असार १२ गते विश्वविद्यालय अनुदान आयोगमा आयोजित कार्यक्रममा क्युएए प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ । अाज अायाेजित पत्रकार सम्मेलन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाेख्रेलकाे अध्यक्षतामा भएकाे थियाे भने पूर्व क्याम्पस प्रमुख, व्यवस्थापन समितिका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।