Shivam

बुटवलको समावेशी समृद्धिको यात्रा : पूर्वाधार र मानव विकासको समुन्नत मिश्रण

भौतिक संरचना मात्र होइन, भावी पुस्ताको भविष्य बनाउने सपना बुटवलले देखिरहेको छ

0
Burger

बुटवल।‘आम मानिसको रोजाइको शहर’ बनाउने संकल्पसाथ बुटवल उपमहानगरपालिका विकासको दिगो र समावेशी मोडेल निर्माणको यात्रामा अघि बढेको छ। ‘समानता, स्वाभिमान र अवसर सहितको बस्नयोग्य शहर’ निर्माण गर्ने लक्ष्य बोकेको उपमहानगरले अहिले जुन किसिमका पूर्वाधार निर्माण, सामाजिक रूपान्तरण र मानव विकासका कार्यक्रमहरू अघि सारेको छ, ती भविष्यको परिकल्पनासँग मेल खाने छन्।नगरप्रमुख खेलराज पाण्डेय भन्छन्, “बुटवल केवल आजका लागि होइन, आउँदा पुस्ताले गर्व गर्न सक्ने बुटवल बनाउने हाम्रो सपना हो।”
बुटवल ः पहिचान, इतिहास र अवसरको संगम
वीरगाथाको इतिहास बोकेको जितगढी, मानव विकासको आदिम अध्याय झल्काउने रामापिथेकसको भूभाग, व्यापारिक यात्राको पौराणिक थलो बटौली बजार, र तराई–पहाडको संगम स्थल बुटवल — आज देशकै समावेशी, समुन्नत र सम्भावनायुक्त शहरको रूपमा पहिचान बनाउँदैछ।२०७८ सालको जनगणना अनुसार, २ लाख बढी जनसंख्या रहेको बुटवल लगातार बसाइँसराइको आकर्षण बन्दै गएको छ। व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरूले बुटवललाई राष्ट्रिय गन्तव्य सहर बनाइरहेका छन्।

पूर्वाधारको बहुआयामिक विस्तार : आजको लगानी, भोलिको उज्यालो
१. सडक, बत्ती र ट्राफिक : उज्यालो र सुव्यवस्थित बुटवल
३ सय किलोमिटरभन्दा बढी सडक सञ्जाल रहेको बुटवलमा अहिले अधिकांश सडक कालोपत्रे भइसकेका छन्। स्मार्ट सहर निर्माणको लक्ष्यसहित भित्री सडकहरू चौडा, पक्की र नालीसहित निर्माण भइरहेका छन्। कालिकापथमा मोनोपोल प्रविधिद्वारा विद्युत् लाइन व्यवस्थित गर्न थालिएको छ। ३३ वटा हाइमास्ट बत्ती जडान भइसकेका छन् भने थप ३१ स्थानमा स्थापना गर्ने तयारी छ।ट्राफिक चोक, मिलनचोक, कालिकाचोकमा ट्राफिक लाइट जडान भइसकेको छ। अस्पताल लाइन, गोलपार्कलगायत क्षेत्रमा थप जडानको प्रक्रिया अगाडि बढेको छ।

२. शिक्षामा लगानी : भावी पुस्ताको निर्माण
शिक्षा क्षेत्र बुटवलको पहिचान बन्दै गएको छ। उपमहानगरले कूल बजेटको २६ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्दै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा विस्तार, प्रविधिमैत्री कक्षा, छात्रवृत्ति, निःशुल्क पोषण कार्यक्रम लगायत अभियान सञ्चालन गरिरहेको छ।बुटवल टेक्निकल इन्स्टिच्युट र आम्दा अस्पतालमा प्यारामेडिकल र स्नातक–स्तरका तालिमहरू सुरु भइसकेका छन्।

३. स्वास्थ्य सेवा :  बुटवल बन्नेछ प्रदेशकै ‘हेल्थ हब’
बुटवलको मोतीपुर र बेलबासमा १५÷१५ शैयाको अक्सिजनयुक्त अस्पताल, आम्दालाई ३०० शय्याको आधुनिक अस्पतालमा रूपान्तरण गर्ने योजना, र लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणले सहरलाई प्रदेशको स्वास्थ्य गन्तव्य बनाउने संकेत गर्छ।साथै, उपमहानगरले १८ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ, जसमध्ये अधिकांश सञ्चालनमा भइसकेका छन्।हरियाली, कृषिमा फड्को र वातावरणीय चेतना
४. कृषिमा यान्त्रिक र समुन्नत अभ्यास
वडा नं. १४ देखि १९ का ३३ किसानले पकेट क्षेत्र अन्तर्गत मकै खेतीमा ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। बीउ, यन्त्र तथा प्रविधिको अनुदान, दुग्ध सहायताजस्ता कार्यक्रमले कृषिलाई व्यवसायिक बनाइरहेका छन्।सेमलारमा निर्माणाधीन कृषि उपज थोक बजार केन्द्रले कृषक र बजारबीचको दूरी घटाउनेछ।
५. हरियाली विकास : वातावरणमैत्री बुटवल
नदी किनारमा हरियो गल्ली, वृक्षारोपण अभियान, कौसीखेती प्रवद्र्धन, खुला ठाउँ संरक्षण, र वायुप्रदूषण न्युनिकरणजस्ता कार्यहरू सहरलाई हरित सहर बनाउने दिशातर्फ अग्रसर गरिरहेका छन्।ऊर्जा र प्रविधिको प्रयोग  स्मार्ट सहरको पाइला
७. इतिहास र सम्भावनाको सहयात्रा
जितगढी किल्ला, रामापिथेकस पार्क, बटौली, सिद्धबाबा मन्दिर, हिलपार्क, फूलबारी (मणिमुकुन्द सेन उद्यान), ग्लोबल पिसपार्क, नरैनापुर तालजस्ता ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षण तथा विकास भैरहेको छ।बटौली संरक्षण परियोजनाअन्तर्गत ४२ वटा पुराना घरहरूलाई सांस्कृतिक शैलीमा पुनर्निर्माण गरिँदैछ। लुम्बिनी–बुटवल–मुक्तिनाथ पर्यटन मार्ग, जितगढी ‘हेरिटेज सर्किट’, केबलकार परियोजनाले सहरको पर्यटन भविष्य उज्यालो बनाउँदैछन्।
८. सिटी सेन्टर, प्रदर्शनी केन्द्र र ढुवानी ग्राम
बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, निर्माणाधीन बहुउद्देश्यीय सिटी सेन्टर, देशकै पहिलो ढुवानी ग्राम, मोतिपुर औद्योगिक क्षेत्र र मैनावगरको अटो भिलेज — यी सबैले बुटवललाई व्यापार–उद्योगको प्रवेशद्वार बनाउँदै छन्।
९. सीप, स्वसहायता र महिलाको उद्यम
सिलाइ, कम्प्युटर, फेसन डिजाइन, प्लम्बिङ लगायतका स्वरोजगार तालिमहरू सञ्चालन गर्दै उपमहानगरले १ हजारभन्दा बढी महिलालाई उद्यममा आबद्ध गरिसकेको छ।त्यस्तै, सहकारी, कृषि र उद्योगमा लगानीमैत्री नीति, कर छुट, वैदेशिक रोजगारी न्यूनीकरणका कार्यक्रमहरूले बुटवलको सामाजिक आत्मनिर्भरता बढाइरहेका छन्।
बुटवल उपमहानगर अब केवल बाटो, पुल र भवन निर्माणमै सीमित छैन — मानव संसाधन, वातावरण, सांस्कृतिक पहिचान, महिला सशक्तीकरण, सीप र सोचको पूर्वाधार तयार गर्दैछ।यी योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएमा बुटवल केवल रुपन्देहीकै होइन, समग्र नेपालको भविष्यदर्शी र दिगो विकासको मोडल शहर बन्ने निश्चित देखिन्छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।