Shivam

बुटवलको ‘ड्रिम प्रोजेक्ट’ : लुम्बिनी बस टर्मिनल परिसरमा व्यवसायिक केन्द्र भवन निर्माण

आर्थिक सम्बृद्धि र शहरी व्यवस्थापनको नयाँ युग सुरु गर्ने तयारी

0
Burger

 

बुटवल।  लुम्बिनी प्रदेशको राजधानी दाङमा सरेपछि पनि आर्थिक राजधानीका रूपमा पहिचान बनाइरहेको बुटवल अब नयाँ मोडमा उभिएको छ। व्यापार, पर्यटन, यातायात र सेवा क्षेत्रमा उचाइ लिइरहेको बुटवल उप महानगरपालिकाले अब वृहत व्यवसायिक केन्द्र भवन निर्माणको परियोजना अघि सारेको छ । बुटवलको वडा नम्बर ९ , बसपार्कमामा लुम्बिनी बस टर्मिनल परिसरभित्र व्यवसायिक केन्द्र बनाउने गरी अध्ययन शुरु गरिएको छ । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयो भिजन अनुसार बुटवलो दिर्घकालिन रुपमा आर्थिक अनुहार बदल्ने खालको योजनाको रुपमा यस परियोजनालाई लिइएको छ ।

बुटवल उपमहानगरले बुटवल गौरवको योजनाको अग्रपंतिमा राखिएको यस प्रोजेक्ट सुविधायुक्त बहुपरियोजना निर्माण गर्ने उद्देश्यले अगाडि सारिएको बुटवलो ड्रिम प्रोजेक्ट भएको उपमहानगर पालिकाले जनाएको छ। लुम्बिनी बसपार्कलाई ट्रान्सपोर्ट हबको साथै आधुनिक व्यापार, प्रशासन र पर्यटन प्रवद्र्धनको केन्द्र बनाउने परिकल्पनासाथ यस योजनालाई अघि बढाउने योेजना बनाएको छ।

बुटवलको बसपार्कमा निर्माण गर्ने भनिएको यस आयोजनाको प्रारम्भिक अध्ययन भैरहेको बुटवल उपमहानगरपालिकाको भवन महाशाखा प्रमुख ई.सुमन श्रेष्ठले जानकारी दिए । परामर्शदाता मार्फत अध्ययन भैरहेको यस परियोजना अनुसार विभिन्न कम्पोनेन्टहरु रहेको उनले बताए । प्रारम्भिक अध्ययन अनुसार यस परियोजनो लागत आठ अर्व रुपैया लाग्ने अनुमान गरिएको ई.श्रेष्ठले बताए ।

अध्ययन अनुसार यस परियोजनामा ग्राउण्डमा बस पार्किङ् सहितको संरचनाहरु निर्माण गर्न र दक्षिणमा व्यवसायि केन्द्र बनाउने योजना रहेको छ। यस भित्र सार्वजनिक सेवा केन्द्र,शपिङ मल, सुपरमार्केट,पसल तथा अफिस स्पेस ,बैंक, बिमा, वित्तीय सेवा,रेस्टुरेन्ट, फूड कोर्ट, हलचोक हल,कन्भेन्सन हल, मिटिङ कक्ष,फिल्म हल वा मल्टिप्लेक्स,अत्याधुनिक अन्डरग्राउन्ड पार्किङ, छतमा स्काई क्याफे वा व्यू डेक लगाएतका कम्पोनेन्टहरु राख्न सकिनेबारे अध्ययन गरिरहेको बुटवल उपमहानगरले जनाएको छ । यसबाट आन्तरिक तथा अन्तरजिल्ला यातायात प्रयोग गर्ने यात्रुहरू, व्यापारी, सेवाग्राही र स्थानीय उपभोक्तालाई एकीकृत सुविधा दिनेछ।

बुटवल–९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्र सहरको सबैभन्दा व्यस्त, सम्भावनायुक्त र रणनीतिक क्षेत्र हो। दाङ, नवलपरासी, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची लगायत जिल्लाबाट बुटवल आउने सवारी साधन यहीँबाट प्रवेश गर्छन्।दैनिक हजारौं यात्रुको आवागमन हुने यस क्षेत्रमा व्यवस्थित सेवा केन्द्र, व्यापारिक संरचना र सार्वजनिक सुविधाको चरम अभाव छ। यही आवश्यकता पहिचान गर्दै नगरपालिकाले यसलाई बहुउद्देश्यीय व्यवसायिक केन्द्रका रूपमा विकास गर्ने सोच अघि सारेको नगर प्रमुख खेलराज पाण्डेयले बताए । बुटवललाई आर्थिक तथा पर्यटकिय रुपमा तयार गर्न र भोलीको बुटवल बनाउन सपनालाई साकार पार्न अहिले देखीनै मध्यनजर गरेर परियोजनालाई अगाडी बढाएको बताए । नगर प्रमुख पाण्डेयका अनुसार यो भवन स्मार्ट सिटी अवधारणाअन्तर्गतको पहिलो सुरुवात बन्नेछ।

ठुलो लगानी लाग्ने यस परियोजनाको निर्माणका लागि बुटवल उपमहानगरपालिकाले पब्लिक–प्राइभेट पार्टनरशिप (पिपिपि) मोडल अवलम्बन गर्ने तयारी गरेको छ। यसका विषयमा विभिन्न खालका अवधारणाहरु आएका छन् । निजी क्षेत्रबाट प्राविधिक र वित्तीय लगानी , उपमहानगरपालिका पक्षबाट जग्गा, नीति र सहजीकरण ,सेवा प्रयोगमा लाभ बाँडफाँट , दीर्घकालीन संचालन र हस्तान्तरण मोडेल को सम्भावना परियोजनाको प्रारम्भिक अध्ययनमा गरिएको छ र अब यसको डिपिआरमा विस्तृत हुने उपमहानगरले जनाएको छ ।

बुटवलका युवा व्यवसायी राजेश भट्टराईले बुटवलमा हरेक वर्ष हजारौं व्यवसायिक दर्ता हुने तर, बजारमा व्यवस्थित पसल र अफिस स्पेसको अभावले व्यवसायीहरू असहज अवस्थामा रहेको बताए । उनले यात्रु सेवा, पार्किङ, सूचना सुविधा, सार्वजनिक सेवा, ट्रान्जिट होल्डिङ स्पेस, हाइजेनिक फूड सेन्टर जस्ता आधारभूत संरचना बसपार्क क्षेत्रमा अत्यन्त न्यून भएको हुँदा यस प्रोजेक्ट निर्माणले यात्रुहरूलाई एकीकृत सुविधा , व्यवसायीलाई व्यवस्थित व्यापारिक गन्तव्य, स्थानीय सरकारलाई सेवा प्रवाहको आधुनिक केन्द्र, शहरी स्वरूपमा नयाँ सौन्दर्य र जीवनशैलीको समावेश हुने बताउछन् ।

यात्रु आवागमनको कारणले गर्दा दैनिक हजारौं मानिसको उपस्थिति हुने हुँदा यो भवन स्वयं एक स्थायी अर्थतन्त्रको केन्द्र बन्नेछ।बुटवलले अब अव्यवस्थित पसल संस्कृति होइन, सिस्टमभित्रको व्यवस्थित व्यवसायको युग सुरु गर्नुपर्छ भन्ने सोच यस परियोजनाको पछाडि देखिन्छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।