Shivam

तिलोत्तमा–५ मा सार्वजनिक सुनुवाइ : नागरिकको सुझाव, प्रश्न र सहभागितामा सक्रिय छलफल

0
Burger

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, पार्क, सार्वजनिक जग्गाको संरक्षण, सिचाइ, नाली, डुवान समस्या, सडकबत्ती, आकाशे पुल लगायत विषयमा गम्भीर चासो राख्दै प्रश्नहरू गरेका थिए।

वडाका जनप्रतिनिधिहरूले ती प्रश्नहरूको जवाफ दिँदै वडाले हालसम्म गरेका कार्य, भावी योजना र प्राप्त उपलब्धिहरूबारे जानकारी गराए। वडाध्यक्ष रमेश डुम्रेले वडावासीका सल्लाह, गुनासा र आवश्यकतालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरिने स्पष्ट पारे।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष चेतनारायण भण्डारीले योजना तथा बजेट बनाउँदा समावेशी दृष्टिकोण अपनाउन सुझाव दिएका थिए। नेकपा एमाले वडा उपाध्यक्ष केशवराज कोईरालाले राम्रा कामको स्वागत र गलत कामको विरोध गर्ने जनभावनाको सम्मान गर्नुपर्ने बताए। उनले विकास निर्माणमा ६०–४० को लगानी सहभागिता हटाउनुपर्ने प्रस्ताव पनि राखे।

नेपाली कांग्रेसका वडा उपसभापति मिनप्रसाद अधिकारीले जनचेतना बढ्दै गएको भन्दै जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए। सहभागीहरूले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने सुझाव पनि दिएका थिए।

कार्यक्रममा वडा नं. ५ का सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीय महिला, युवा, सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वडा सदस्य हरि पन्थले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सिग्नल मिडिया नेटवर्क प्रा.लि.को समन्वयमा सम्पन्न भएको हो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।