Shivam

जसपाले मन्त्री फिर्ता बोलाउँदै, नयाँ नाम सिफारिस

0
Burger

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेको छ ।

पार्टीका एक पदाधिकारीले हाल सरकारमा रहेका खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाइएको जानकारी दिए ।

उक्त पदाधिकारीका अनुसार सरकारमा सहभागी मन्त्रीहरूलाई सुरुमा नै एक वर्षका लागि मात्र जिम्मेवारी दिने भनिएको थियो । त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिएको ती पदाधिकारीले बताए ।

पार्टी अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेका छन् ।

वीरेन्द्र महतोलाई खानेपानी मन्त्रालयमा र रञ्जु ठाकुरलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

शनिबार बसेको जसपा पदाधिकारी बैठकमा मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा छलफल भएको थियो । पार्टीले सरकारमा सहभागी प्रतिनिधिहरूको समयावधि सीमित राख्ने रणनीति अपनाउँदै आएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।