Shivam

सुरेखाको पढाई खर्च युवा संघका अध्यक्षले गर्ने

0
Burger

कावासोती, अविरल न्यूज                                कावासोती १७ बरौलीटार निवासी २७ बर्सिय तुलसी चौधरीको ब्रेन ट्युमरका कारण निधन भए पछि एक्लि भएकी ४ बर्षिय छोरी सुरेखा चौधरीलाई युवा संघ नेपाल, कावासोती १७ का वडा अध्यक्ष तथा राम्जी इन्जिनियरिङ वर्कसपका प्रोपाईटर कमल प्रसाद पौडेलले अभिभावकतत्व ग्रहण गर्नु भएकाे छ । उनकाे कक्षा १० सम्मको शैक्षिक खर्च बेहोर्ने हुनु भएको छ । आज कावासोती १७ स्थित मृतक तुलसी चौधरीको ९ अाैं दिनकाे पुन्य तिथिमा आयोजना गरिएको शोक सभामा बोल्दै अभिभावकतत्व ग्रहण गर्नु भएको हो । शोक सभा वडा कमिटीका अध्यक्ष रामचन्द्र श्रेष्ठको अध्यक्षतामा र जिल्ला कमिटी सदस्य तथा वडा सह इन्चार्ज निर्मला ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य गिता बि क, सबिना अधिकारी ने.क .पा.एमाले नगर कमिटी अध्यक्ष राम कृष्ण ढुङ्गाना लगायत नगर सदस्य, स्थानीय बुद्धिजिविहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले सुखदुःख एमालेलाई सम्झिन आग्रह समेत गर्नु भएको छ । कार्यक्रमको सहजीकरण वडा सचिब प्रेम राज ढुङ्गाना गर्नु भएको थियोे ।‌

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।