Shivam

भानु जयन्तीमा जिल्लाका चार ठाउँमा कार्यक्रम

0
Burger

‍कावासोती । नेपाली भाषा साहित्यका अादिकवि भानुभक्त अाचार्यकाे २०९ औं जन्म जयन्तीकाे अवसरमा नवलपुर सहित देश विदेशमा विभिन्न कार्यक्रम गरेर भानु जयन्ती मनाइएकाे छ ।
भानु जयन्तीको अवसरमा नवलपुरमा रहेकाे रेडियाे शहिदनगर, रेडियाे सामर्थ्य, रेडियाे मध्यविन्दु र देवचुली साहित्य समाजले छुट्टाछुटै चार ठाउँमा कार्यक्रम गरेकाे छ । पहिलाे कार्यक्रममा रेडियाे सामर्थ्यसंगै नवलपुर प्रेस डटकम र साधना संगमकाे सहकार्य रहेकाे थियाे । कावासोती दुई स्थित रेडियो सामर्थ्यको प्राङ्गणमा भएको कार्यक्रममा नवलपुरको माटोमा रहेर साहित्य र सृजनामा कलम चलाउनुहुने देवचुली निवासी कृष्णादेवी शर्मा श्रेष्ठलाई सम्मान गरिएकाे छ ।
कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले उहाँलाई सम्मान गर्नुभएको हो ।

त्यसैगरी दाेस्राे कार्यक्रममा रेडियाे मध्यविन्दुले गरेकाे थियाे भने तेस्राे कार्यक्रम कावासाेती १६ स्थित रेडियाे शहिदनगरकाे सभा हलमा रेडियाे शहिदनगर, साधना संगम नवलपुर र मुक्तक मञ्च, नवलपुरकाे संयुक्त अायाेजनामा भएकाे थियाे । जहाँ कवि दीपक साेतीलाई सम्मान गरिएकाे थियाे ।
चाैथाे कार्यक्रमकाे रूपमा देवचुली साहित्य समाजकाे अायाेजनामा साहारा पार्टी प्यालेसमा भएकाे थियाे ।
सबै कार्यक्रममा नवलपुर क्षेत्रका साहित्यकारहरू वरिष्ठ साहित्यकार दीपक सोती , कृष्णादेवी शर्मा , डा. धनपति कोइराला , लोकनाथ खराल , मुक्तिनाथ ढकाल , काशीराम गैरे , करुण लम्साल , सीमा लामिछाने , ईश्वर बा खनाल , आदर्श सुशील , अर्जुन अविरल, प्रमिला पाठक, सीमा लामिछाने लगायत नयाँ पुस्ता सहित करिब डेढ दर्जन साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नुभएको थियाे । केही भानुभक्तको जीवनी , केहीले देशको समसामयिक अवस्थाप्रति व्यङ्ग्य लगायतका विषयवस्तुमा आफ्नो प्रस्तुती राख्नुभएकाे थियाे ।‎

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।