Shivam

नवलपुरका बामपन्थी नेता कुलचन्द्र महताेकाे दाेस्राे स्मृति कार्यक्रम सम्पन्न

0
Burger

नवलपुरका पुराना बामपन्थी नेता कुलचन्द्र महताेकाे दाेस्राे स्मृति कार्यक्रम उहाँकै निवास हुप्सेकाेट १ बेलुवामा अाज सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का पाेलिट व्यूराे सदस्य तथा राष्ट्रिय सभा सदस्य सुरेश अाले मगरले कुलचन्द्र कहिल्यै अात्मसमर्पण नगर्ने ईमान्दार तर क्रान्तिकारी व्यक्ति रहेकाे बताउनु भएकाे छ । उत्पिडित, अादिवासी जनजातिकाे हकअधिकारकाे निम्ति अहाेरात्र लडेका साहसिक, जुझारू व्यक्ति कुलचन्द्र महताेकाे चर्चा जतिगरी पनि नसकिने बताउनु भएकाे छ ।

त्यसैगरी माअाेवादी केन्द्र पाेलिटव्यूराे सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा गैह्रेले उहाँजस्ताे ईमान्दार र सादगी नेताले देखाएकाे बाटाेमा हामी लाग्न सके उहाँकाे सम्मान हुने बताउनु भएकाे छ । सादा जीवन उच्च विचार राखिरहने कुलचन्द्र महताेले देखाएकाे बाटाेमा सबै लाग्नु पर्नुे बताउनु भएकाे छ ।

हुप्सेकाेट गाउँ पालिकाका जननिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले उहाँ भूमिगत हुँदादेखि विद्यालयमा संगै कार्य गर्दा पनि उहाँकाे ईमान्दारितालाई राम्ररी चिनेकाे बताउनु भएकाे छ । उहाँसंग र माअाेवादी पार्टीसंगकाे हिजाेदेखि सहकार्य भईरहेकाे र अागामी दिनमा पनि सहकार्य, सहयाेग रहिरहने बताउनु भएकाे थियाे ।

त्यसैगरी हिजाे युद्धकालदेखि संगै सहकार्य गर्नु भएका र उहाँकाे परिवारसंग निकट रहनु भएका तथा माअाेवादी कन्द्रका केन्द्रीय सल्लाहाकार सदस्य ठाकुर प्रसाद चापागाईले अहिलेकाे पार्टी उहाँले साेचेभन्दा फरक ढंगले गएकाे हुँदा सच्चाउनु पर्ने बताउनु भएकाे छ । गरिब र सर्वहाराकाे पार्टी अहिले विचारमा एउटा र व्यवहारमा एउटा भएकाे उहाँले जनाउनु भएकाे छ । कुलचन्द्रकाे सच्चा सम्मानकाे लागि विचार र व्यवहार एउटै हुनु पर्ने बताउनु भएकाे छ ।

वि. सं. २००८ सालमा जन्मनु भएका कुलचन्द्र महताे २०२८ सालदेखि कम्युनिष्ट विचारमा अावद्ध रहेर अान्दाेलनमा निरन्तर रहनु भएकाे थियाे । माअाेवादी केन्द्रकाे गण्डकी प्रदेश सदस्य समेत रहनु भएका महताेकाे दुई बर्ष अघि श्रावण ७ गते निधन भएकाे थियाे ।
उहाँकाे स्मृतिमा उहाँकाे जीवनी सहित उहाँसंग सम्बन्धित लेखहरू सहितकाे स्मृति ग्रन्थ पनि प्रकाशन भएकाे छ ।

कुलचन्द्र महताे स्मृति ग्रन्थ प्रकाशन समितिका सदस्य पतिराम थनेतकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण माअाेवादी केन्द्र हुप्सेकाेट गाउँपालिका समितिका अध्यक्ष नयाँदत्त गाैतमले गर्नु भएकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।