
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ ।
महाशाखाका अनुसार अहिले…
काठमाडौ जोड्ने सबै नाका ठप्प : २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् ।
मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौं सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् ।
काठमाडौंसँग अरू जिल्लाको…
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ ।
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना…
आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ ।
अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र…
मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका…
मन्त्रीपरिषद बैठक : घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने
काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा…
शिक्षा र रोजगारमा कोरियाली सरकारको योगदान उच्च छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
शनिबार नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा…
बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी…
साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र…
उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र…