
समुह अनुसार हेर्नसहोस
स्थानीय
दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्
काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन ।
रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर…
चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका…
बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री
हेटौंडा । गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ ।
मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका…
विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने
काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् ।
प्रतियोगितामा…
आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी
काठमाडौं । आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको…
आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य…
यस्तो छ, आजको विदेशि मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजशनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको…
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव कायमै
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ।
जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून चापीय…
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ ।
कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।…
चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य
काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
गए राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा…