Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

मौसम पूर्वानुमान :  मौसममा आंशिक सुधार, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका…

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनु भएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया…

मन्त्रीपरिषद बैठक : घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा…

शिक्षा र रोजगारमा कोरियाली सरकारको योगदान उच्च छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् । शनिबार नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा…

बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले  लगातार परेको भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी…

साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो । भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र…

उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ । विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र…

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।  काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध…

उद्दार, राहत तथा घाइतेहरुको उपचारमा सरकार गम्भीर भएर लागि परेको  गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गरेका छन् ।…

विपद् व्यवस्थापनका लागि महानगरपालिकाद्वारा तीन सय नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सय नगर प्रहरी परिचालन गरेको छ । महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागि तीन…