कावासाेती ३ मा ६ जना वडाध्यक्ष उम्मेद्वार

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ को वडाध्यक्षमा २ महिला सहित ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यहाँ १ जना स्वतन्त्र सहित ५ दलका पाँच जना वडाध्यक्षका लागि चुनावी मैदानमा छन । नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीले महिला उमेदवारलाई वडाध्यक्षको रुपमा अगाडि सारेको छ भने अन्य दलहरुले पुरुष उमेदवारलाई अगाडि सारेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कावासोती ३ मा वडाध्यक्ष नेपाली काँग्रेसले जितको थियो । ४ जना वडा सदस्य नेकपा एमालेले जितेको थियो ।
कवासोती ३ मा नेकपा एमालेले डोरमान गिरीलाई उमेदवार बनाएको छ । उनी यस अघि काँग्रेसका अमृत श्रेष्ठसँग वडाध्यक्षमा पराजित भएका थिए ।
त्यसैगरी नेपाली काँग्रेसले निलु पुनलाई उमेदवार बनाएको छ । काँग्रेसले वडा अध्यक्षमा टिकट दिएका उमेदवारहरु मध्ये पुन वडाध्यक्षका एक मात्र महिला उमेदवार हुन् ।
त्यसैगरी एकीकृत समाजवादीबाट जितकुमार श्रेष्ठ, राप्रपाबाट राजेन्द्रबहादुर गुरुङ, जनमुक्ति पार्टीबाट पर्वत कुमारी थापा मगर र स्वतन्त्रबाट भक्तविर थापा मगरले उमेदवार दिएका छन् ।
त्यसैगरी २ जना खुल्ला सदस्यमा एमालेका २, काँग्रेसका २, राप्रपाका २ र माओवादी केन्द्रका १ गरी ७ जनाको उमेदवारी परेको हो ।
त्यस्तै १ महिला सदस्यका लागि ३ जना र १ दलित महिला सदस्यका लागि २ जनाको मनोनयन परेको छ ।
यस अघि एमालेका पडक क्षेत्र भईकन पनि वडाध्यक्षमा पराजय व्यहोरेको एमालेले यहाँ जित हात पार्नका लागि निक्कै ध्यान केन्द्रित गरेको छ ।
एकीकृत समाजवादीका समेत उमेदवार रहेकोले एमालेका भोट काटिन सक्ने, कावासोती ३ मा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भईसकेको र काँग्रेस उमेदवारलाई माओवादी केन्द्रको पनि मत थप हुने भएका कारण एमालेलाई कावासोती ३ मा गुमेको शाख जोगाउन निक्कै कसरत गर्नु आवश्यक छ ।
उमेदवारहरुको नामावली


