कावासाेती वडा नं. ३ मा माअाेवादी एक्लै चुनावी प्रचारमा

कावासाेती । बैशाख १९ । कावासाेती वडा नं. ३ मा माअाेवादी केन्द्र एक्लै चुनावी प्रचारमा हिडेकाे छ । कावासाेती नगर प्रमुख र उपप्रमुखमा काँग्रेस र माअाेवादीकाे गठबन्धन बनेकाे छ । तर कावासाेतीकै धेरै जसाे वडामा सहमति मिलेकाे छैन ।
उम्मेद्वार मनाेनयन अघि नै कावासाेती ३ मा एक सदस्य माअाेवादी केन्द्रलाई दिने सहमति भएकाे थियाे तर सहमति छाेडेर काँग्रेसले पाँचैजनाकाे उम्मेद्वार दियाे । फिर्ता लिने समयसम्म फिर्ता अाउँछ भन्नेमा ढुक्क थिए माअाेवादी केन्द्र । समय सकिए पछि पनि लिखित सहमति गरेर एक सदस्य माअाेवादीलाई दिन सकिने जनाईकाे थियाे । तर काँग्रेसबाट कुनै कदम नचालिए पछि माअाेवदी केन्द्रले सदस्य विन्दु पराजुली ढकाल सहित वडा नं. ३ मा एकल बाईक र्याली कार्यक्रम गरेकाे छ ।
यहाँ काँग्रेसबाट पाँचै जनाकाे उम्मेद्वारी परेकाे छ । गठबन्धनकाे सहमति अनुसार यहाँ माअाेवादी केन्द्रलाई एक सदस्य दिने सहमति थियाे ।
