गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि कावासोतीका उम्मेदवार एमालेमा प्रवेश

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि एक जना उमेदवार एमालेमा प्रवेश गरेका छन् ।
कावासोती १४ मा काङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी सञ्जु महतोले आफ्नो उमेदवारको टिकट फुस्किएपछि एमालेमा प्रवेश गरेकी हुन् ।
अन्तिम नामावलीमा नाम कायम रहेकै अवस्थामा पछि काङ्ग्रेसले माओवादीका सदस्य उम्मेदवारलाई गठबन्धनको औपचारिक उमेदवार बनाएपछि उनी रुष्ट भएर पार्टी परित्याग गरेका हुन् ।
गठबन्धन सुरुमै नटुङ्गिदा यहाँ माओवादी केन्द्र र काँग्रेस दुवैको अध्यक्ष सहित सदस्यहरुमा उम्मेद्वारी परेको थियो । उम्मेद्वारी फिर्ताको समय सकिए पनि अध्यक्ष सहित २ सदस्य काँग्रेस र २ सदस्य माओवादीले लिने सहमति भएको थियो ।
