Shivam

केपी ओलीले दम्भ र निषेधको नीति लिए : भीम रावल

0
Burger

काठमाडौँ । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोप भाजनमा परेको बताएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको आरोप लगाएका हुन् ।

एमालेको साधारण सदस्यबाट समेत निष्कासित भएपछि रावलले आज पत्रकार सम्मेलन गरेको थिए । पत्रकार सम्मेलनमा नेता रावलले ओलीले दम्भ र निषेधको नीति लिएको बताए ।

‘ओलीसँग समय मिलाउन कात्तिकमा वार्ताको प्रयास गरेँ । ओलीको दम्भ, निषेधको नीति होइन र ? निरंकुशताको झल्को दिँदैन र ? नेकपामा द्वन्द्व चर्काउने केपी ओली । पार्टी गतिविधिमा निषेध गरियो । ओलीले थुप्रै जवाफ दिनुपर्छ,’ उनले भने ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।