विश्वास र असन्तुष्टिको दोधारमा समाजवादी मोर्चा

काठमाडौं । नेपाली राजनीतिमा फेरि एकपटक हलचलको संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दबाब दिन विपक्षी मोर्चालाई सक्रिय बनाउने प्रयास थालेसँगै हलचलको संकेत देखिएको हो ।
