Shivam

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

0
Burger

काठमाडौँ । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।