गायिका एलिना चौहानले अदालतमा दायर गरिन् श्रीमान् विरुद्ध सम्बन्धविच्छेदको मुद्धा


काठमाडौं । गायिका एलिना चौहानले आफ्ना श्रीमान् विष्णु सापकोटा विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छन् ।
उनले शुक्रवार वारेस विष्णु खरेल मार्फत् जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक कुमार श्रेष्ठले मकालुखबरलाई बताए ।
‘वारेस विष्णु खरेलमार्फत उहाँले पति विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । अंश हकदावी भने गर्नुभएको छैन,’ सुचना अधिकारी श्रेष्ठले भने ।
सुचना अधिकारी श्रेष्ठका अनुसार अब गायिका चौहानका श्रीमान् विरुद्ध म्याद काट्ने काम हुनेछ । पतिले म्याद बुझेर त्यसको जवाफ दिएमा सोहीअनुसार प्रक्रिया अघि बढ्ने उनले बताए ।
एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो । सापकोटा भने अहिले अस्ट्रेलियामा छन् ।
