पूर्वयुवराज शाहलाई चौथो पटक हृदयघात, अवस्था सुधारोन्मुख


काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार अनुसार पूर्व युवराज शाहको एन्जियो प्लास्टिक गरिएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शाहलाई चौथो पटक हृदयघात भएको बताइएको छ ।
