बालेनविरुद्ध खनिए गण्डकीका मन्त्री- चर्का कुरा गर्न हामीलाई पनि आउँछ हेक्का राख भाइ !


काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि पाठकले त्यसको प्रतिउत्तर दिएका हुन् ।

यसअघि पनि पाठक विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका थिए । विशेषगरी क्रिकेटर सन्दीप लामिछानेको मुद्दासम्बन्धी टिप्पणीपछि उनी विवादमा परेका थिए । उनले बालेनविरुद्ध दिएको कडा प्रतिक्रियाले नयाँ बहस जन्माउने देखिन्छ ।