फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । नेपाली बजारमा तीन दिनलदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६८ हजार १ सय मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
