Shivam

प्रचण्डको चेतावनी- राजा फर्कने सपना देख्नेहरू भ्रममा छन्, ज्ञानेन्द्रले पुनः गल्ती नगर्नू

0
Burger

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पुनः राजसंस्था फर्किन नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार, राजा ज्ञानेन्द्र शाहले विगतमा गरेका गलत निर्णयहरूबाट पाठ सिक्न आवश्यक छ ।

रौतहटको गरुडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘राजसंस्थाको पुनर्बहाली असम्भव छ । ज्ञानेन्द्र शाहले विगतमा केही ठूला गल्ती गरिसकेका छन् । अब पुनः त्यही गल्ती दोहोर्याउने प्रयास गर्नु मूर्खता हुनेछ ।’

उनले नेपाली जनताले राजा ज्ञानेन्द्रलाई कारबाही गर्ने ठाउँमा शान्तिपूर्वक बस्न दिएको उल्लेख गर्दै भने, ‘हाम्रो उदारतालाई कमजोरी ठानेर जबरजस्ती गर्न खोजे, नेपाली जनता त्यसलाई सहने छैनन् ।’

यदि पूर्वराजा शाहलाई सक्रिय राजनीतिमा आउन मन लागेको हो भने प्रचण्डले उनलाई खुला चुनौती दिएका छन् । ‘राजनीति गर्न चाहने हो भने पार्टी खोल्नुस्, चुनाव लड्नुस्, जितेर देखाउनुस् !’

मधेशमा माओवादी केन्द्रको ‘तराई-मधेश जागरण अभियान’ अन्तर्गत रौतहट आएका प्रचण्डले आज विभिन्न पालिकाहरूमा जनसम्पर्क गर्ने कार्यक्रम रहेको  छ। साथै, परोहा नगरपालिकाको लौकाहामा आयोजना हुने सभालाई पनि सम्बोधन गर्ने तयारी गरिएको छ ।

 

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।