संविधान भित्रै समस्याको समाधान खोजौँ,हिंसात्मक गतिविधि स्विकार्य छैन : डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
मोरङको बुढिगंगा गाउँपालिका–१ मा निमार्ण गर्न लागिएको बुढिगंगा पार्कको बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तीपुर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको बताए ।
कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्विकार्य नहुने समेत प्रष्ट पारे । नेता कोइरालाले गत शुक्रबार काठमाडौमा भएको घटनाको निष्पक्ष छानविन गर्नुपर्नेमा समेत जोड दिए । नेपाली जनतालाई विश्वास दिलाउँन छानविन समिति वनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानविन गर्नुपर्ने उनको भनाई थियो ।
