माअाेवादी केन्द्र गैडाकाेटले उपमेयर सहित २१ जनाकाे उम्मेद्वारी फिर्ता लियाे

नवलपुर । नवलपुरकाे गैडाकोट नगरपालिकामा गठबन्धन सफल पार्न माअाेवादी केन्द्रले उपमेयर सहित २१ जनाकाे उम्मेद्वारी फिर्ता लिएकाे छ । माअाेवादी केन्द्रकाे २१ सहित अन्य दलकाे गरेर ३९ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
नेकपा एकीकृत समाजवादीका टिकाराम पौडेलले प्रमुख पदमा दिएका मनोनयन फिर्ता लिएका छन् भने माओवादी केन्द्रबाट उपप्रमुखमा उमेदवारी दिएका दुर्गादत्त ढुंगानाले मनोनयन फिर्ता लिएका छन् ।
उमेदवारी फिर्ता लिनेमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस र स्वतन्त्र उमेदवारहरुले पनि मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेहरूकाे नामावली 
