कावासाेतीमा माअाेवादी हदै लचिलाे, सहमति नजिक पुग्दै

अर्जुन अविरल कावासाेती, बैशाख १८ । यही बैशाख ३० गते हुन लागिरहेकाे स्थानीय चुनावमा काँग्रेस, माअाेवादी सहित देशैभरि ५ दलीय गठबन्धन बन्ने भनिए पनि कतिपय जिल्ला र पालिकामा गठबन्धन बन्न सकेकाे छैन । बनेकाे ठाउँमा पनि बागी उम्मेद्वार परेकाे छ । धेरैजसाे ठाउँमा बागी उम्मेद्वारले फिर्ता लिए पनि कतिपय ठाउँमा फिर्ता लिएका छैनन् । त्यस्तै मध्ये नवलपुर जिल्लाकाे कावासाेती नगरपालिकामा मेयर उपमेयरमा काँग्रेस, माअाेवादी गठबन्धनकाे उम्मेद्वार परेपनि धेरै जसाे वडामा सहमति अनुसार उम्मेद्वार नपरेपछि माअाेवादी अाक्राेशित हुँदै अाएकाे थियाे । मनाेनयन अगाडि नै सहमति भएका ठाउँमा पनि काँग्रेसले सहमति भन्दा बाहिर गएर उम्मेद्वार मनाेनयन गरेकाे र फिर्ता नलिएकाले माअाेवादी अाक्राेशित भएकाे थियाे ।
कावासाेतीमा सहमति अनुसारमात्रै माअाेवादी केन्द्रले उम्मेद्वारी हालेकाे तर काँग्रेसले उपमेयर बाहेक सबैमा उम्मेद्वारी दिएकाे जनाईएकाे छ । माअाेवादी केन्द्रले अाफूले अघिल्लाे पटक जितेकाे कावासाेती १६ बाहेक थप २ वटा वडाध्यक्ष, उपमेयर र सबै वडामा १/१ जना सदस्य माग गरेकाे थियाे । सहमति नजिक नजिक अाएर अन्तिम समयमा सहमति बिग्रिएकाे थियाे । पुन: माअाेवादी लचिलाे हुँदै उपमेयर सहित थाेरैमा दुई वडाध्यक्ष, १४ र १ मध्ये कुनै १ मा वडाध्यक्ष नपाए २ जना सदस्य, वडा नं. १७ मा २ सदस्य र वडा नं. २ र १३ मा गठबन्धनकाे अन्य दललाई सदस्य दिए पुरै छाेडी बाँकी रहेकाे अरू वडा सबैमा १/१ अनिवार्य वडा सदस्य मागेकाे थियाे । त्यसैमा सहमति नजिक पुगेर कावासाेती १४ र १ मा दुवै दलले उम्मेद्वारी दिने र पछि छलफल गर्ने गरी सहमति गरेकाे स्राेतले जनाएकाे थियाे ।
उम्मेद्वारी मनाेनयनमा भने काँग्रेसले उपमेयर बाहेक अरू सबै पदमा उम्मेद्वारी दिए पछि माअाेवादी झनै अाक्राेशित भएकाे थियाे । फिर्ता लिने समयसम्म पनि सहमति नभए पछि गठबन्धनमा कुरा मिलेकाे थिएन ।
उम्मेद्वारी फिर्ताकाे समय सकिएपछि पनि माअाेवादी हदै लचिलाे भएर यस अघिकाे चुनावमा सेट नै जितेकाे कावासाेती १६ मा अध्यक्ष बाहेक २ सदस्य लिने, वडा नं. १४ र १ मा अध्यक्ष नपाए पनि २/२ सदस्य लिने, उम्मेद्वारी परेका अरू वडामा १/१ सदस्य लिएर चित्त बुझाउनेसम्म पुगेपछि काँग्रेसले अाफ्ना उम्मेद्वारहरूलाई मनाउन लागेकाे छ । स्राेतका अनुसार सहमति नजिक पुगेकाले उम्मेद्वारी फिर्ता लिने समय नभए पनि संयुक्त विज्ञप्ति निकालेर गठबन्धनका उम्मेद्वारलाई अघि सारेर चुनाव प्रचारमा हिड्ने जनाईएकाे छ ।
