Shivam

हुप्सेकाेटमा काँग्रेसबाहेक तीन दलिय गठबन्धन

0
Burger

 

हुप्सेकाेट । बैशाख २० । नवलपुर स्थित हुप्सेकाेट गाउँपालिकामा तीन दलिय गठबन्धन सहित चुनावी माेर्चामा जुटेकाे छ । देशभर काँग्रेस सहितकाे ५ दलिय गठबन्धन बनिरहँदा हुप्सेकाेटमा काँग्रेसले धाेका दिएकाे हुँदा ३ दलिय गठबन्धन बनेकाे माअाेवादी केन्द्र हुप्सेकाेट अध्यक्ष नयाँदत्त गाैतमले जानकारी दिनु भयाे । काँग्रेसले माअाेवादीलाई पालिका उपाध्यक्ष दिने सहमति गरेकाे थियाे तर मनाेनयनकाे क्रममा पुरै पदमा उम्मेद्वार दिईएकाे जनाएकाे छ । माअाेवादी केन्द्रले भने काँग्रेससंग सहमति भए अनुसार मात्रै उम्मेद्वार दिएकाे थियाे ।

काँग्रेसले धाेका दिए पछि पालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई प्रमुख, नेकपा माअाेवादीकेन्द्रलाई उपप्रमुख र जसपालाई वडा नं. ३ अध्यक्षमा समर्थन गरिएकाे छ । त्यसैगरी वडा नं. १ र २ मा माअाेवादी केन्द्रकाे अध्यक्ष र वडा नं. ४ मा नेकपा एकीकृत समाजवादीकाे अध्यक्षलाई समर्थन गरिएकाे छ ।

वडा नं. १ काे अध्यक्षमा पुष्प पाैडेल ( माअाेवादी केन्द्र ), महिला सदस्य सिर्जना भण्डारी ( माअाेवादी केन्द्र) , दलित महिला सदस्य सिता पुरी परियार (माअाेवादी केन्द्र), खुल्ला सदस्य चन्द्र बहादुर कानुन ( एकीकृत समाजवादी ), खुल्ला सदस्य नैनसिह ढिसुवा (एकीकृत समाजवादी) रहेका छन् । त्यसैगरी वडा नं. २ मा अध्यक्ष नयाँदत्त गाैतम ( माअाेवादी केन्द्र ), महिला सदस्य गितादेवि गाैतम ( माअाेवादी केन्द्र ), दलित महिला सदस्य गिरमाया दमै (माअाेवादी केन्द्र) र खुल्ला सदस्यमा एमाया ठाडा ( जनता समाजवादी) रहेका छन् ।
त्यसै गरि वडा नं. ३ मा अध्यक्ष लाल बहादुर पाटा ( जनता समाजवादी ), महिला सदस्यमा धनसरा परियार ( जसपा) र खुल्ला सदस्यमा सुक बहादुर विक ( माअाेवादी केेन्द्र ) रहेका छन्।
वडा नं. ४ मा वडाध्यक्षका लागि श्याम प्रसाद भूर्तेल ( एकीकृत समाजवादी), महिला सदस्यमा मिना अाले ( एकीकृत समाजवादी ), दलित महिला सदस्यमा सुकुमाया नेपाली ( एकीकृत समाजवादी ), खुल्ला सदस्य मान बहादुर गाहा ( माअाेवादी केन्द्र ) र खुल्ला सदस्यमा यमबहादुर कानुङ्ग ( जनता समाजवादी पार्टी ) रहेका छन् ।

वडा नं. ५ र ६ भने गठबन्धनका कुनै पनि उम्मेद्वार छैनन् । ५ दलिय गठबन्धन हुने भनिएकाले ५ र ६ मा अाफूहरूले उम्मेद्वारी नदिएकाे बताईएकाे छ ।

३ दलिय गठबन्धनबाट नै वडा वडामा प्रचार तथा घरदैलाे गरिरहेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।