Shivam

ग्यास विस्फोटबाट घाइते भएका शानदार मःमका दुई कामदारको मृत्यु

0
Burger

काठमाडौं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो । गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।