कावासाेती नगर प्रमुख, उप्रमुख दुवैमा एमालेबाट विजयी

कावासोती । नवलपुरको कावासोती नगरपलिकामा प्रमुख उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा एमालेका बिष्णु भुसालले नेपाली काङ्ग्रेसका महेन्द्र पोखरेललाई पराजित गर्नुभएको हो । ३०४ मतान्तरले भुसाल विजयी हुनुभएको हो । आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न भने बाकी छ । त्यसैगरी उपप्रमुख पदमा नेकपा एमालेबाटै फुलकुमारी थनेत विजयी हुनु भएकाे छ उहाँले गठबन्धन उम्मेद्वार पतिराम थनेतलाई भारी मतान्तरले पराजित गर्नु भएकाे छ ।
