
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
६ महिनामा विद्युत प्राधिकरणको नाफा : ११ अर्ब ३६ करोड
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस…
पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले बोलाए बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
उनले आजै अपराह्न ४ बजेका लागि शीर्ष नेताको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक…
प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय गरिएको…
सिन्धुपाल्चोक भूकम्प अपडेट : भोटेकोशीमा पहिरो, कुनै ठूला क्षति नभएको पुष्टि
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुर्याएको छ । शुक्रबार बिहान २ः५१ बजे गएको भूकम्पको झड्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
सिन्धुपाल्चोकका…
राष्ट्रपति पौडेलले गरे ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर…
सामाजिक सञ्जालको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।
बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै…
भलाइ र मानवीय सुखमा पनि नकरात्मक टिप्पणी आउन थाले : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग र त्यसबाट उत्पन्न हुने अपराधहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै…
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज, पोखरा फर्केर काममा फर्कने घोषणा
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १२ दिनको अस्पताल बसाइपछि नियमित काममा फर्कने घोषणा गरेका छन् । गत हप्ता ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री र…
वैदेशिक सहायतामा कटौतीले स्रोतको चर्को चाप, नयाँ बजेटको गृहकार्य तीव्र
काठमाडौं । स्रोतको चर्को चापकाबीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजश्व समेत प्रभावकारी रूपमा उठ्न सकिरहेको छैन ।…
विमानस्थलमा तीन उज्वेक महिला ३.७७ किलो सुनसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विशेष अपरेशन अन्तर्गत तीन जना विदेशी नागरिकलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ । बुधबार साँझ फ्लाई दुवईको एफजेड५७५ उडानमार्फत काठमाडौं आइपुगेका ती विदेशी महिलाहरूलाई…