
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा हुँदै
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा गरिने भएको छ । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार…
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार…
देशभर माओवादी केन्द्रप्रति आकर्षण बढेको प्रचण्डको दाबी
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् ।महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई…
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा
बुटवल। बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।
मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँके सहित विभिन्न…
सदनमै मागियो उपसभामुखको राजीनामा
काठमाडौँ । नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको…
यी हुन् सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ ।
मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । त्यस्तै…
राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापतिको निर्वाचन मिति तोक्ने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
आजको बैठकमा सार्वजनिक नीति…
संविधान रक्षाका लागि जनताको खबरदारी आवश्यक : प्रचण्ड
सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले आज बिहान गरेको कार्यकर्ता भेटघाट…
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
काठमाडौँ । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।
बैठक…
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न सकिँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन् ।
सोमवार उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड…